|

सल्यान : पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले जनताप्रति उत्तरदायी भएर सूचना सम्प्रेशण गर्न पत्रकारलाई आग्रह गरेका छन्। गाउँका कुना कन्दराका जनताको बोली प्रस्फुटन गराउँदै समाज र राज्यप्रति जवाफदेही बन्नुपर्ने बस्नेतले बताए।

आइतबार सल्यान खलंगामा आयोजित नागरिकको नजरमा पत्रकार एव आमसञ्चार माध्यम विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले पत्रकार राज्यको चौथो अंग भएकाले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए। उनले भने, 'अहिले मिडियाको तीव्रतर विकास हुँदै आइरहेको छ। मिडियाको विकास सँगसँगै विकृतिहरू पनि मौलाउँदै गइरहेका छन् त्यसप्रकारका विकृति विसंगतिलाई त्याग्दै आवाजविहीनहरूको आवाज बन्न पत्रकार आवश्यक छ।'

छापा मिडियाको भन्दा अनलाइन मिडियाहरूले बढी विकृति फैलाएको बताउँदै प्रतिनिधि सदस्यसमेत रहेका बस्नेतले नेपालको संविधान र पत्रकार आचारसहिंताभित्र रहेर काम गर्न आग्रह गरे।

यस्तै, कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खोजमूलक पत्रकारिताका माध्यमबाट राज्यको पहुँचबाट वञ्चित वर्गको आवाजलाई सम्बोधन गर्न अपिल गरे। पत्रकार र न्यायलय स्वतन्त्र भएकाले समाजको वास्तविकतालाई सम्बोधन गर्नुपर्ने बताए। सूचनालाई दुरुपयोग नगरी सत्यतथ्य सूचना प्रकाशन प्रशारण गर्न उनले आग्रह गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.