|

पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा आइतबार भएको प्लेअपमा काठमाडौँलाई हराउँदै चितवनले फाइनलको यात्रा तय गरेको छ। फाइनल प्रवेश गरेसँगै उपाधिका लागि चितवन राइनोजले पोखरा पल्टनसँगको भेट पक्का गरेको हो। फाइनल आगामी मंगलबार हुनेछ। 

पोखरा शुक्रबार नै समूहको शीर्ष १ मा पर्दै फाइनल प्रवेश गरिसकेको छ। आइतबार भएको इलिमिनेटर खेलमा काठमाडौंलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको चितवन उपाधि होडमा पुगेको हो। उसो त चितवन राइनोजले लक्ष्य पनि सामान्य पाएको थियो। काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो।

चितवनका लागि स्मिथ पटेलले ३८ रन जोडे। ४३ बल खेलेका उनले ३ चौका प्रहार गरे। यस्तै  हरिशंकर साहले २६ रन बनाए भने आरिफ सेखले नटआउट २० रन जोडे। त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै जोड्न सक्यो। टस जितेर ब्याटिङ रोजेको काठमाडौंले सुरुवात राम्रो पनि ब्याट चल्न नसकेपछि  हार टरेन। दोस्रो ओभरमा चितवनले सन्नी पटेलले दोस्रो ओभरमा २ रनमात्रै दिएर तीन विकेट लिएपछि खेलमा चितवन हाबी भयो। उनै सन्नीले चितवनलाई अन्तिममा चौका हान्दै जित पनि दिलाए। 

एक ओभरमा तीन विकेट गुमाएपछि दबाबमा आएको काठमाडौंका लागि लगत्तै क्रिजमा आएका नरेश बुढाऐरले कोल्सावालासँग सम्हालिएर खेल्न नपाउँदै विकेट गुमाए। बुढा ऐरलाई पाँचौ ओभरमा कप्तान पारस खड्काले एक रनमै एलबिडब्लु धरापमा पारे। अन्तिम ओभरको दोस्रो बलमा करणले सुशानलाई पारस खड्काको हातबाट रनआउट गराए भने र चौथो बलमा अमरसिंह रौटेलालाई पुनः पारसको हातबाट नै क्याच गराउँदै काठमाडौंको पारी ९४ रनमै समेटिदिएका थिए।

फाइनलमा चितवन र पोखराको खेल पक्कै पनि रोमान्चक हुनेछ। दुबै टिममा विस्फोटक ब्याट्सम्यानले जितका लागि चौका छक्का हान्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.