|
प्रतीकात्मक फोटो

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिमा ट्याकटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। गर्भाकोट नगरपालिका १४ ठूलीगौरामा ढुंगा लोड गर्ने क्रममा  भे १ त ६५०८ नम्बको ट्याक्टर अनियन्त्रित हुदाँ सहचालक २१ वर्षीय  महेश खड्को मृत्यु भएको हो।

गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि स्थानीय मेहकुना स्वास्थ्यचौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.