|

जनकपुरधाम : महोत्तरी प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको बर्दिवास नगरपालिका ३ गौरीडाडाँबाट ठूलो परिमाणको लागुऔषध लिएर गैरहेको अवस्थामा जेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।  

इलाका प्रहरी कार्यालय बर्दिवासको चेकजाँच टोलीले वीपी राजमार्ग स्थित बर्दिवास–सिन्धुली–खुर्कोट सडक खण्डमा पर्ने बर्दिवास नगरपालिकाबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो। बा ३ ख ८४६८ नम्बरको माइक्रो बसमा काठमाडौं गइरहेका दुईजनाको झोलाबाट विभिन्न प्रकारका कम्तिमा १८०० एमपुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका २ बलहाका ३६ वर्षका महम्मद अताबुल नदाफ र सोही ठाउँका बस्ने ३३ वर्षका महम्मद इलियास नदाफ रहेका छन्। उनीहरू भारतको जयनगरबाट काठमाडौं आउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूले २५ हजार भारतीय रुपैयाँमा लागुऔषध किनेर ल्याउँदै गरेको बताएका छन्।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले यस क्षेत्रमा अहिले सम्मकै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.