|

बाँके : नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुरकी नग्मा खातुन शुक्रबार नवजात शिशुलाई बीसीजी खोप लगाउन भेरी अंचल अस्पताल पुगिन्। उनी १५ दिने नवजात शिशु लिएर अस्पताल पुगे पनि बीसीजी खोेप लगाउने सिसिन्ज नभएको भन्दै अस्पतालले फिर्ता पठाइदिएपछि उनी निराश भएर फर्किइन्। 

बीसीजी भ्याक्सिन बच्चा जन्मेको ४५ दिनभित्र लगाई सक्नुपर्छ। बाँकेमा बच्चामा लगाउन प्रयोग गरिने बीसीजी भ्याक्सिनको सिरिन्ज अभाव भएको छ। विगत एक हप्तादेखि सिरिन्ज नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत देवीराम पौडेलले बताए। उनले बीसीजी भ्याक्सिन लगाउन अन्य सिरिन्ज प्रयोग गर्न नमिल्ने भएकाले बच्चालाई भ्याक्सिन लगाउन नसकिएको बताए। 

सिरिन्ज अभाव भएपछि बाँकेका सम्पूर्ण स्वास्थ्यचौकी र अस्पतालमा बीसीजी भ्याक्सिन प्रभावित भएको छ। जनस्वास्थ्य कार्यालयमा भएको सबै सिरिन्ज सकिएपछि बीसीजी खोप प्रभावित भएको पौडेलले बताए। ‘खोप लगाउन ढिलाई गरेका केहि बालबालिका बीसीजी भ्याक्सिनबाट बंचित भए पनि भरखरै जन्मेका बच्चा छुट्ने छैनन्,’ उनले भने, 'अर्को अभियानसम्म सिरिन्ज खरिद भएर आइपुग्ने छ।’

एक हप्ताभित्र सिरिन्ज जिल्ला आइपुग्ने जनस्वास्थ्य कार्यालयको दाबी

बीसीजी भ्याक्सिनको सिरिन्ज बाँकेमा मात्र नभई देशभर अभाव भएको खोप अधिकृत पौडेलले बताए। उनले सिरिन्ज यूनिसेफ मार्फत खरिद प्रक्रिया अगाडि बढिसकेको बताए। प्रदेश सरकारले खरिद गर्दा ढिलाई हुने भएकोले यूनिसेफ मार्फत खरिद प्रक्रिया अगाडि बढेको जानकारी आफूले पाएको उनले बताए। ‘सरकारी कार्यालयले खरिद गर्दा प्रक्रिया पुर्‍याउनु पर्ने हुन्छ,’ उनले भने। उनले अबको दुई हप्ताभित्र बीसीजी भ्याक्सिनको सिरिन्ज जिल्लामा आइपुग्ने जानकारी दिए। ‘सिरिन्ज खरिदका लागि स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, सिरिन्ज खरिदमा सहयोग गर्ने संस्था र स्वयम् जनस्वास्थ्य कार्यालय संवेदनशील भएर लागेका छन्,’उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.