|

रुकुम : रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ स्थित माथिल्लो आमडाँडाको विप्पे लेखमा विद्युतीय पम्पिङबाट खानेपानीको पुगेको छ।

१६०० मिटर पाइपलाइन रहेको आयोजनामा भर्टिकल उचाई ४१० मिटर रहेको छ। जसका लागि ७ हर्सपावरको १ वटा र ५ हर्सपावरको १ वटा मोटर जडान गरिएको जसले प्रतिघण्टा ६ हजार लिटर पानी ट्यांकीमा जम्मा गर्ने आयोजनाका प्राविधिक लोकेन्द्र खड्काले बताए। माथिल्लो आमडाँडा जुगेपानी विप्पेलेख विद्युतीय पम्पिङ खानेपानी आयोजना नाम रहेको आयोजनाले काम सुरु गरेको एक वर्षमा पानीको सफल परीक्षण भएको हो। जसमा ३ वटा १८ हजार लिटर क्षमताका ट्यांकी निर्माण गरिएको छ।

गाउँपालिकाको गौरवको आयोजना मानिएको खानेपानी आयोजनामा गाउँपालिकाको ३५ लाख, आशा परियोजनाको १६ लाख र रुकुमेली समाज विकास केन्द्रको ४ लाख ५० हजार गरी जम्मा  ५५ लाख ५० हजारको लागत रहेको छ। गाउँको माथिल्लो भागमा खानेपानीको ठूलो ट्यांकी र घरघरमा धारा आउने भएपछि वर्षौंदेखि खानेपानीको हाहाकार झेल्दै आएका माथिल्लो आमडाँडाबासी खुसी भएका छन्। 

निर्वाचनका वेलामा गरेको प्रतिबद्धता समयमै पूरा गरी जनतालाई खानेपानी पुर्‍याउन सफल भएकोमा गाउँले र स्थानीय सरकार दुबैका लागि खुसीको खबर भएको ८ का वडा अध्यक्ष शशिराम बुढाथोकीले बताए। उनका अनुसार यस आयोजना समयमै सफल भएकाले अन्य दुर्गम ठाउँमा खानेपानीको योजना गर्न थप उत्साह पैदा भएको छ।

सानीभेरी गाउँपालिकाले लिएको एक घर एक धाराको अवधारणा अनुसार माथिल्लो आमडाँडामा पनि एक घर एक धारा गराइने उपभोक्ता समिति अध्यक्ष शशिराम ओलीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.