काठमाडौं : कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। अाइतबार कागको पूजा गरी विभिन्न परिकार खान दिइँदैछ। यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ।
सनातन हिन्दु समाजमा कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ। कागकाे अावाजकाे प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प अादि प्राकृतिक विपत्तिकाे अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ। यस्ता गुण भएकाले यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।