|

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानको खोजीमा सम्लग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको बताएका छन्।

विमान दुर्घटना भएको छैठौँ दिनमा विमानको मध्य भाग भेटिएको तर उक्त भागलाई पानी बाहिर भने ल्याइ नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले बताए। भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उनकाे थियो। जहाजको मध्य भाग आँफैले नभेटेको तर उद्धारमा सम्लग्न अन्य गोताखोरले भेटेको बताउँदै उनले भने, एक दुई दिनमा उक्त भागलाई बाहिर ल्याउने काम गरिने बताए।  उद्धारकर्मीका अनुसार अहिलेसम्म विमानका दुबै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ। इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो। उक्त जहाजमा चालक दलका सदस्यसहित १८८ जना रहेका थिए। 

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै विमानसँग राडारको सम्पर्क टुटेको थियो। उक्त विमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो। इन्डोनेसियाका हजारौं द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.