|

ताप्लेजुङ : अलैंची बेच्न जाँदै गर्दा लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्रा माइको सिमपानीका ४२ वर्षीय नासुङ माइला शेर्पाको रहेको प्रहरीले जानकारी दिएको छ।

अलैंची बोकेर दोभान जाने क्रममा चिप्लिएर आइतबार बिहान लडेका थिए। मृतक शेर्पाको शव जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.