|

इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले आफ्नो रवाफ जारी राखेको छ। ११ खेल सम्म अपराजित रहेन क्रममा सिटीले आइतबार साउथहेम्टनमाथि आधा दर्जन गोल प्रहार गर्‍यो।

शीर्ष स्थानमा उक्लिने क्रममा प्रभावशाली जित सिटीले निकालेको हो। ६–१ ले पराजित गर्ने क्रममा सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गरे। घरेलु मैदानमा सिटीले साउथह्याम्पटनलाई एकपक्षीय आक्रमण गरेको थियो। सिटीका लागि सर्जियो अग्युरो, डेभिड सिल्भा र लोरी सानेले समान एक–एक गोल गरे। सिटीले एक आत्मघाती गोलको उपहार पाएको थियो। साउथह्याम्पटनका वेस्ली होएड्टले आत्मघाती गोल गर्दा ड्यानी इन्ग्सले एक गोल फर्काए।

सिटीले खेलको छैटौँ मिनेटमा वेस्लीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। १२ औँ मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। १८ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता ३–० मा पुर्‍याउँदा ३० औँ मिनेटमा साउथह्याम्पटनका ड्यानीले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए। त्यसपछि खेलको ४५ औंँ मिनेटमा स्टर्लिङले गोल गर्दै पहिलो हाफमा सिटीलाई ४–१ को अग्रता दिलाए।

दोस्रो हाफमा सिटीले थप दुई गोल गर्‍यो। खेलको ६७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ५–१ को अग्रता दिलाउँदा ९० औँ मिनेटमा सानेले गोल गर्दा सिटीलाई ६–१ को फराकिलो जित दिलाए। ११ खेलबाट उसले २९ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको समान खेलबाट २७ अंक छ। पराजित साउथह्याम्पटन ७ अंक जोडेर १६ औँ स्थानमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.