|

काठमाडौं : आजबाट तिहार सुरु भएको छ। तिहार फूल र बत्तीको पर्व पनि हो। तिहारको पाँचदिन घरहरूमा बत्ती र फूलले सजिने गर्दछ। घर सजाउन तिहारमा सयपत्रीको फूल प्रयोग गरिने हुनाले यो समयमा सयपत्रीफूलको माग धेरै हुने गर्दछ जसले गर्दा यो सयपत्री खेतीमा कृषकहरू आकर्षित भएका छन्।

तिहारमा फूलको निकै महत्व छ। काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजामा फूलको प्रयोग हुन्छ नै अझ भाइ टीकामा त फूलको माला नभई हुँदैन। त्यसैले अहिले व्यवसायीक रूपमा फूलखेती गर्ने कृषकहरूलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याई छ।इचंगुनारायणका किसानहरू अहिले फूल टिपेर बजारसम्म पुर्‍याउन व्यस्त छन्। इचंगुमा ढकमक्क फूलेको सयपत्री फूल र त्यसलाई टिप्दै गरेका कृषकहरूलाई हामीले क्यामेरमा कैद गरेका छौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.