|

पोखरा : नेपाली सेनाले तिब्बत सीमासँग जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा क्याम्प स्थापना गरेको छ।  समुन्द्री सतहबाट चार हजार मिटर उचाइमा रहेको लोमान्थाङमा सेनाको बज्रदल गणका  ५० जना सेना रहने गरी आइतबारबाट क्याम्प स्थापना भएको गरिएको हो। क्याम्प रहेको स्थान तिब्बती सीमाबाट २६ किलोमिटर वर रहेको छ।

क्याम्पका लागि २१७ रोपनी क्षेत्रफलमा भवन लगायतका संरचनाहरु निर्माण गरिएको छ। कुटनीतिक क्षेत्रसँगै सीमा सुरक्षाका लागि क्याम्प स्थापना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।

‘यसले सुरक्षा गतिविधि त यसै पनि नियालिहाल्छ,’ उनले भने, ‘हिमाली क्षेत्रमा हुने सैन्य तालिम पनि सञ्चालन हुनेछ। उच्च हिमाली भेगमा हुने विपद् व्यवस्थापनका लागि पनि यसले विभिन्न तालिम सञ्चालन गर्नेछ।’  उपल्लो मुस्ताङमा रहेको युरेनियमको खानीको पनि सुरक्षामा सेनाको क्याम्पले सहयोग गर्ने प्रजिअ क्षेत्रीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.