|

डोल्पा : ठूलीभेरी नगरपालिकामा भएको जिप दुर्घटनामा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएको डीएसपी अवधेश विष्टले जानकारी दिए।

जिप दिउँसो २ बजेर ५० मिनेटमा ठूलीभेरी नगरपालिका ९ बाट भेरी नदीमा खसेको विष्टले जानकारी दिए। 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायतको टोली पुगेको छ। दुर्घटनामा परेकाहरूको उद्दारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई जिल्ला अस्पताल लगिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.