विश्व

उत्तर कोरियाका सर्वोच्च नेता किम र क्युबाका राष्ट्रपतिबीच भेट
SHARES

किम जोङ उन र क्युबाका राष्ट्रपति मिगल डायाज कनेल हात मिलाएका, साथमा किमकी श्रीमती
कात्तिक २०, २०७५

    प्योङ्याङ भ्रमणमा रहेका क्युबाका राष्ट्रपति मिगल डायाज कनेल र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा भेटवार्ता भएको छ।

    उनीबीच अत्यन्त महत्वपूर्ण र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल भएको उत्तर कोरियाली सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

    गएको जुन महिनामा उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भएको उच्चस्तरीय वार्तालगत्तै वासिङ्टनले क्युबामाथि आर्थिक नाकाबन्दी लगाएका थियो। त्यो नाकाबन्दी अहिले पनि जारी नै छ।

    करिब आधा शताब्दिपछि सन् २०१५ मा संयुक्तराज्य अमेरिका र क्युबाबीचको सम्बन्ध पुनर्स्थापना भएको थियो।

    तर, अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि भने यो सम्बन्ध पुनः बिग्रिएको थियो। सम्बन्ध विग्रिएपछि गत जुन महिनामा अमेरिकाले क्युबामा नाकाबन्दी लगाएको थियो। 

    क्युबा कम्युनिष्ट शासन व्यवस्था रहेको देश हो। त्यसैले विश्वका केही मात्र देशहरूसँगको राम्रो सम्बन्ध रहेको उत्तर कोरियाको क्युबा पनि एक सहयोगी देश हो।

    गत आइतबार क्युबाली राष्ट्रपति उत्तर कोरियाको प्योङयाङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा उत्तर कोरियाली नेता उनले उनलाई विशेष स्वागत गरेका थिए।

    त्यस अवसरमा क्युबाली राष्ट्रपतिको सम्मानमा उत्तर कोरियाली सेनाले २१ तोपको सलामी पनि अर्पण गरेका बताइएको छ।

    उत्तर कोरियाली समाचार समिति केसिएनएले उनीहरूबीचको वार्ता महत्वपूर्ण रहेको बताएको छ। तर पनि त्यो वार्ता के कस्तो विषयमा भएको हो भन्ने बारेमा भने केही बताइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]