धर्म-संस्कृति

अाज कुकुरतिहार मनाइँदै
SHARES

कात्तिक २०, २०७५

    काठमाडौं : यमपञ्चकको दोस्रो दिन कुकुरतिहार। कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ। सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

    मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको पं.बालमुकुन्द देवकोटा बताउँछन्।

    मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन्।  सुँघ्नसक्ने उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ।

    अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएको छ। यिनै गुणका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्री भट्टराई बताउँछन्।

    चतुर्दशीको बिहान झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसेर अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पुराणमा पाइन्छ। याे दिनलाई नरक चतुर्दशी वा‘नर्के चतुर्दशी’ भनिन्छ।

    याे पनि पढ्नुहाेस्–

    कुकुरको पूजा किन र कसरी गर्ने ?
    Read more at: http://thahakhabar.com/news/25131
    कुकुरको पूजा किन र कसरी गर्ने ?
    Read more at: http://thahakhabar.com/news/25131
    अाज कुकुरतिहार, नरके चतुर्दशी मनाइयो
    Read more at: http://thahakhabar.com/rcbAdmin/preview-news/25132
    कुकुरको पूजा किन र कसरी गर्ने ?
    Read more at: http://thahakhabar.com/news/25131
    कुकुरको पूजा किन र कसरी गर्ने ?
    Read more at: http://thahakhabar.com/news/25131
    कुकुरको पूजा किन र कसरी गर्ने ?
    Read more at: http://thahakhabar.com/news/25131
    अाज कुकुरतिहार, नरके चतुर्दशी मनाइयो
    Read more at: http://thahakhabar.com/rcbAdmin/preview-news/25132

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]