|

संखुवासभा : अर्थमन्त्री डा. युवराज खतिवडाले जनतासँग दोहोरो कर लिने नीति राज्यको नभएको बताए। संखुवासभा जिल्लामा रहेको कर दाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले यस्ताे बताएका हुन्। 

संखुवासभाको सदरमुकाम आइपुगेका मन्त्री खतिवडाले स्थानीय तहलाई जनताले तिर्न सक्ने भन्दा बढी क्षमताको कर नलगाउन स्थानीय तहलाई आग्रह गरेका छन्। कर मात्र लिने तर जनताका आधारभूत आवश्यकता राज्यले पूरा गर्ने नसक्नु दु;खद भएको मन्त्री खतिवडाको भनाइ छ। स्थानीय तह आफैले नीति बनाएर विकास निर्माण लाग्नु पर्ने बताए। स्थानीय तहसँग पर्याप्त बजेट भएकाले नीति बनाएर आए विकासका काममा संघीय सरकारले बजेट लगानी गर्ने तयार रहेको मन्त्री खतिवडाले बताए।

व्यवसायिक रुपमा आर्यआर्जन गर्न सक्ने र आम्दानीको वाटो हुनेहरूसँग सरकारले कर लिन भएकाले सर्वसाधारण जनतालाई करको त्रासमा नपर्न समेत मन्त्री खतिवडाले आग्रह गरे। मन्त्री खतिवडाले राष्ट्रिय गौरवको परियोजना अरुण तेस्राे ९०० मेगावटको जलविद्युत आयोजना सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको र यसले देशको समृद्धि र अर्थ व्यवस्थामा आमुल परिवर्तन हुनेमा सरकार ढुक्क रहेको बताएका छन्। उनले भने संखुवासभामा विद्युत् उत्पादनले प्रदेश मात्र होइन सिंगो देशलाई नै आर्थिक क्षेत्रमा मजबुद बनाउन सक्ने जिल्ला भएको बताए।

देशको भाग्य र भविष्य बोकेको राष्ट्रिय गौरवको परियोजना अरुण तेस्राे जलविद्युत परियोजना भारतीय सतलज कम्पिनिले समयमा नै सम्पन्न हुने सरकार आशावादी रहेको बताए। पहाडी जिल्लाहरुको भाग्य र भविष्य बोकेको ९०० मेगावाट क्षमता रहेको जल विद्युत परियोजना भरतीय सतलज कम्पनीले समयमा सम्पन्न गर्नेमा सरकार आशावादी रहेको बताए। छिमेकी देशहरूलाई जोडने त्रिदेशीय लिकंराड जोगबनी जोगवनी–विराटनगर–किमाथांका कोशी राजमार्ग जोड्न संयीय सरकार लागि परेका र चाँडै सञ्चालनमा ल्याइने मन्त्री खतिवडाले आश्वासन संखुवासभाबासीलाई दिएका छन्। 

करदाता सेवा कार्यालय उद्घाटन भएपछि जिल्लाका उद्योग व्यवसायीलाई सहज भएको उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको भनाइ छ। करदाता सेवा कार्यालय स्थापना भएसँगै संखुवासभाका उद्योगी तथा व्यवसायीलाई आन्तरिक राजश्य कार्यालय धरान जानुपर्ने वाध्यता हटेको स्थानीय ब्यवसायीहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.