अर्थ

नेपाली बसेका ठाउँमा नगद काउन्टरसहितको शाखा खोल्दै युनिमनी
SHARES

कात्तिक १९, २०७५

    काठमाडौं : विश्वव्यापी एक्सचेन्ज तथा रेमिट्यान्स कम्पनी युनिमनीले नेपालीको  उपस्थिति रहेका जापानका सबै ठाउँमा शाखा खोल्ने भएको छ। नेपालीको बाक्लो उपस्थिति रहेका ठाउँमा नगद काउन्टरसहितका शाखा खोल्ने योजना रहेको कम्पनीको नेपाल हेर्ने कर्मचारी जगदिश खनालले बताए।

    जापानका विभिन्न कलेजमा अध्ययनरत नेपाली विद्यार्थीलाई सहज होस् भनेर कम्पनीले नगद काउन्टरसहित शाखा खोल्न लागेको उनको भनाइ छ। कम्पनीले नयाँ ग्राहकको पहिलो कारोबार निःशुल्क गर्दै आएको जनाएकोछ।

    यो स्किम डिसेम्बरसम्म कायम रहने कम्पनीको भनाइ छ। युनिमनी जापानबाट नेपाल पठाएको रकम एक्सप्रेस मनी, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र यी बैंकका एजेन्टमार्फत जुनसुकै ठाउँबाट भुक्तानी लिन सकिने बताइएको छ।

    ‘जापानबाट पठाएको रकम नेपालमा आफूले चाहेको जुनसुकै बैंक खातामा डिपोजिट गर्न पनि सकिन्छ,’ खनाल भन्छन्, ‘ग्लोबल आइएमई र हिमालयन बैंकमा खाता हुने ग्राहकको खातामा १ घन्टाभित्रै रकम जम्मा हुन्छ।’ दुबईमा मुख्यालय रहेको युनिमनी भुक्तानी, विनिमय र रकम स्थानान्तरण सेवा (रेमिट्यान्स) दिने बहुराष्ट्रिय कम्पनी हो। संसारका २५ मुलुकमा युनिमनीको सञ्जाल छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]