अर्थ

चियाको  उत्पादन बढाउन 'लचिलो श्रम कानुन'
SHARES

कात्तिक १९, २०७५

    काठमाडौं : सरोकारवालाहरूले  चियाको उत्पादन तथा बजारीकरण बढाउन श्रम सम्बन्धी कानुनलाई लचिलो बनाउनु पर्ने बताएका छन्। सोमबार नेपाल उद्योग परिसंघले आयोजना गरेको अन्तक्रियामा नेपालको समृद्धिमा चियाको निर्यातले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँदै लचिलो नितीको माग गरेका हुन्। 

     नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिष कुमार मोरले चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा जोड दिन सरकारसँग आग्रह गरे। नेपाली चियालाई बाह्य देशका व्यापारीहरुले सस्तोमा खरिद गरेर त्यहाँको ब्राण्डबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको भन्दै यसलाई रोक्न र नेपाली ब्राण्डकै चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिनु पर्नेमा जोड दिएका हुन्। 

    सोहि अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय कार्यक्रम संयोजक नविन कुमार कर्णले कार्यक्रमको उद्देश्य र महत्वको बारेमा प्रकाश पार्दै नेपाली चिया गुणस्तरीय हुँदा हुँदै पनि अन्तर्राष्ट्रिय बजारमा छिमेकी देशको चियाको तुलनामा कम मुल्य प्राप्त गरेको, यसको कारण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार हुन नसक्नु र चिया विकासका लागि स्थानिय स्तरमा बहुकर प्रणाली बाधक भएको कुरा बताए।

    कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय श्रम प्रतिष्ठानका अध्यक्ष डा. शिव शर्माले चिया उत्पादनमा स्थानीय भूमी, श्रम र कच्चा पदार्थ प्रयोग हुने भएकोले चिया किसानलाई सरकारद्वारा प्रोत्साहन गरिनु पर्ने कुरामा जोड दिए। चिया विकासका लागि चिया खेति हुने भूमी अन्य भूमीमा परिणत गरिन नहुने, चियाको पकेट क्षेत्र ९त्भब श्यलभ० स्थापना गर्न सके चिया खेतिको विकासमा उल्लेख्य प्रगति हुन सक्ने बताए।

    कार्यक्रममा बोल्दै नेपाल चिया तथा कफी विकास बोर्डका उप–निर्देशक रघुपति चौधरीले नेपालको चिया निर्यातको मुख्य गन्तब्य भारत, जर्मनी, रसीया र अमेरिका भएको जनाउदै नेपाल चिया तथा कफी विकास बोर्डले अन्तर्राष्ट्रिय बजारमा आफ्नो निर्यात विस्तारको लागि लोगो ९त्चबमभ ःबचप० विकास गरिसकेको पनि जानकारी गराए।

     परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले धन्यवाद दिदै यस अन्तरक्रिया कार्यक्रमले चिया सरोकारवालाहरु तथा सरकारी निकायबाट चिया क्षेत्रको विकासमा आई परेका समस्या समाधानमा अग्रगामी भूमीका खेल्ने कुरामा विस्वास व्यक्त गरे। उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय र विभागका अधिकृत एवम् पत्रकारहरुको सहभागिता थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]