|

सल्यान : नेपालीको ठूलो चाड तिहार भित्रिएसँगै गाउँ सहर कृत्रिम फूलका मालाले रंगीन बनेका छन्। तिहारमा सकभर मखमली माला लगाइन्छ। मखमली नभए सयपत्री लगाउने चलन छ। तर, मखमली र सयपन्त्री फूल हराउँदै गएपछि कृत्रिम मालाको चलन बढेको हो छ। जसका कारण बजारमा कृत्रिम मालाको बिक्री अहिले अत्याधिक बढेको छ। 

प्लाष्टिकबाट बनेका माला धेरै समयसम्म टिक्ने र झट्ट हेर्दा आकर्षक देखिने भएकाले पनि कृत्रिम फुलको प्रयोग गर्नेको संख्यामा बृद्धि आएको स्थानीय व्यापारीहरू बताउछन्। गाउँमा समेत फूलको अभाव हुन थालेपछि कृत्रिम फूलको माग ग्रमीण क्षेत्रमा पनि लोकप्रिय हुन थालेको शुभलक्ष्मी श्रृंगार पसल खलंगाका सञ्चालक ज्ञानबहादुर श्रेष्ठले बताए। उनले भने, 'विगत चारपाँच वर्षयता प्लाष्टिकका मालाका माग ह्वातै बढेको छ। तिहार अलि पछि भएकाले गाउँमा फुलेका फूल पनि सुक्न थालेपछि यस्तो मालाको माग बढेको छ।'

जिल्लाका मुख्य बजारहरू खलंगा, श्रीनगर, कपुरकोट, थारमारे, सल्लीबजारमा कृत्रिम मालाले बजार झिलीमिली देखिएका छन्। ओइलाउने तथा बिग्रने डर नहुने र कृत्रिम माला सस्तोसमेत हुने भएकाले तिहारमा यसको प्रयोग बढ्दै गएको सृयाश्री श्रंगार पसल सञ्चालक पूर्णीमा सिहंले बताइन्। उनका अनुसार यो वर्ष कृत्रिम मालाको व्यापार राम्रो छ। उनले भनिन्, 'गतवर्ष यता कृत्रिम मालाको बिक्री ह्वातै बढेको छ। २० देखि ११० रुपैयाँसम्मका मालाहरू बजारमा भेटिन्छन्।' 

धेरै महँगा भन्दा ४० देखि ६० रुपैयाँ सम्मका मालाको माग बढी हुने गरेको व्यापारीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.