|

 काठमाडौं : नेपाल विद्युत प्राधिकरणले तिहार र छठमा दिएको विदामा पनि कार्यालय नछोड्न विद्युत उत्पादन केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको छ। यो समयमा बढी विद्युतको माग हुने र भोल्टेजमा समस्या आउने लगायतका कारणले गर्दा प्रमुखहरूलाई कार्यालय नछोड्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ। 

विदाको समयमा आयोजनामा समस्या आएमा सम्बन्धित जिम्मेवार व्यक्तीलाई छुट नहुने भन्दै, तिहार र छठको सार्वजनिक विदाको समयमा पनि काममा रहन निर्देशन दिएको प्राधिकरणले दिएको निर्देशनमा उल्लेख गरिएको छ। 

प्राधिकरणले सञ्चालनमा आएका सबै ठूला जलविद्युत आयोजनाका आयोजना प्रमुख, इन्जिनियर र प्राविधिकहरुलाई निर्देशन दिएको जनाएको छ।
नेपाल विद्युत प्राधिकरणलाई तिहारको लक्ष्मी पूजाँको दिन सबैभन्दा बढी भार पर्ने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ सय मेगावट बारबरको विद्युतको व्यवस्थापन गर्न प्राधिकरणले सक्ने जानकारी गराएका छन्। 
कार्यकारी निर्देशक घिसिङले दुई वर्षअघि लक्ष्मीपूजाको दिन काठमाडौंमा लोडसेडिङ नगरेर क्रमशः लोडसेडिङको अन्त्य गर्न पहल चालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.