समाज

डोल्पा जीप दुर्घटना अपडेट : मृतक सबैको सनाखत
SHARES

कात्तिक १९, २०७५

    डोल्पा : डोल्पामा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका १० जनाको नै सनाखत भएको छ। सोमबार दिउँसो  भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। 

    जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोट बस्ने ४५ वर्षीय हेमराज हमाल, सोही ठेगानाकी १८ की वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिंह कठायत सोही ठाउँका २५ वर्षीय शेरबहादुर थापा रहेका छन्। सोही नगरपालिका २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका ३ बस्ने ४५ वर्षीय बुध धराला, सोही नगरपालिका २ बस्ने २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका ५ बस्ने १२ वर्षीय याम रोकाय, ठुलीभेरी नगरपालिका ५ बस्ने ३० वर्षीय भद्र रोकाय र सोही नगरपालिका ३ बस्ने अन्दाजी १७ वर्षकी मनिशा धराला रहेको जिल्ला प्रहारी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अवधेश विष्टले जानकारी दिए।

    १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जिप करिब २ बजेर ३० मिनेटमा ठुलीभेरी नगरपालिकाको ९ मा पर्ने कालागौँडा नजिकैको बतासे वडारमा दुर्घटना भएको हो। दुर्घटनामा परी ७ जना पुरुष र ३ जना महिलासहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। दुबस सडकबाट १५ मिटर तल ठुलीभेरी नदीमा खसेको थियो।

    घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका २ बस्ने नन्दबहादुर थापा र सोही नगरपालिका ३ बस्ने चालक दिनेश बोहोरा रहेका छन्। थापाको अवस्था सामान्य भए पनि बोहोराको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    बस सडकबाट करिब पन्ध्र मिटर तल ठुलीभेरी नदीमा खसेको प्रहरीचौकी कालागौँडाले जनाएको छ। सबै जिल्ला अस्पतालमा राखिएको र मंगलबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने बताइएको छ।

रामचन्द्र न्यौपाने

पत्रकार न्यौपाने थाहाखबरका डोल्पा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]