|

कपिलवस्तु : संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल (बलदेव) ले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनमा जोड दिनुपर्ने बताएका छन्। मन्त्री खनालले धार्मिक सहिष्णुता र एकताले नै राष्ट्रियता बलियो बनाउँदै सांस्कृतिक पर्वहरूलाई जिवन्त राख्नका लागी समेत धार्मिक एकता आवश्यक रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले सदरमुकाम तौलिहवामा राखेको शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उनले सबैधर्मको सार भनेकै आपसी सद्भाव र एकता रहेकोमा जोड दिए। मन्त्री खनालले बुद्धको क्रीडास्थल प्राचिन तिलौराकोटलार्ई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको जानकारी दिए। त्यस अवसरमा प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ताले कपिलवस्तु जिल्ला सबै क्षेत्रबाट संवेदनशील रहेकाले समेत यहाँको धार्मिक एकतालाई मजबुद बनाउनुपर्ने बताए।

युद्धको सुरुवात हुनेदेखि शान्तिको उद्गम स्थल समेत कपिलवस्तु रहेकाले समेत धार्मिक एकता दिगो राख्न सबैको जिम्मेवारी रहेको उनको भनाइ छ। सांसद अतहर कमाल मुसलमानले चाडपर्वले दुख साटसाट गर्नलाई समेत महत्व राख्ने बताए। धार्मिक एकता नै संस्कृती संरक्षणको मुख्य आधार समेत रहेको कमालको तर्क छ।

गौतम बुद्धका पिता राजा शुद्धोधनको राजदरबार रहेको बुद्धस्थल तिलौराकोटको विकासका लागि पैदल परिपथको योजना ल्याउन खोजे पनि तिलौराकोटलाई पछाडि पार्न खोजिएको भन्दै कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले गुनासो गरे। पर्यटन प्रबर्द्धनका लागी भएका स्थलको विकाससँगै पर्यटक टिक्ने पूर्वाधार विकासका लागी लाग्नु पर्नेमा उनीहरूको जोड थियो।

सोही अवसरमा नेकपा कपिलवस्तुको पार्टी कार्यालयको समेत उद्घाटन समेत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.