|

पर्वत : प्रहरीले लामो समयदेखि लागुऔषध कारोबारमा निगरानी बढाए पनि कोही पक्राउ नपरेको बेलामा पर्वत प्रहरीले सोमबार ठूलो परिमाणको लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

लागू औषधको कारोबार गर्नेहरूको बारेमा बिशेष सूचना प्राप्त गरेपछि प्रहरीले जिल्लाको मोदी गाउँपालिका ४ क्याङ घर भई सदरमुकाम कुश्माको कुश्मा नगरपालिका ६ लोकतान्त्रिक चोकमा भाडाको कोठामा बसदै आएका २२ वर्षीय दिनेश पुनलाई पक्राउ गरेको हो। उनको कोठाबाट बिभिन्न प्रकारका १२२ थान लागू औषधसहित केही मात्रामा गाँजा र चरेस बरामद भएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार पुनको कोठाबाट नरफिन ३५ एम्पुल, थेनेरेगेन ४४ एम्पुल, डाइजोपाम ३९ एम्पुल, कालजेसिक ४ एम्पुलसहित गाँजा र चरेस तथा नगद १६ हजार ३३५ रुपैयाँ बरामद गरिएको छ। प्रहरीले सोही कारोबारमा संलग्न १९ वर्षीय सुरज पुनलाई पनि पक्राउ गरेको छ। 

पक्राउ परेका दुवै जनालाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.