|

काठमाडौं : पोखरा प्रिमियर लिगको उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा र चितवन राइनोज आमने सामने हुने भएका छन्।

फाइनलको एक दिन अघि सोमबार प्रतियोगिताको उपाधिलाई दुई टिमका कप्तान पारस खड्का र शरद भेषवाकरले ट्रफिको सार्वजनिक गरे। बहुप्रतिक्षित मानिएको टि–२० भिडन्त पोखरा रंगशालामा ११ बजे बाट सुरु हुने छ। विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउने छ। प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन्।

सोमबार भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीले फाइनलका लागि आफुहरु तयार रहेको बताईसकेका छन्। सूरुवाती दुई खलमा लगातार पराजित भएपनि चितवन त्यसयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्दा पोखराले पनि लोभलाग्दो प्रदर्शन गरेको छ। चितवनका कप्तान पारसले पछिल्ला खेलमा राम्रो गर्दै फाइनल पुगेको भन्दै उपाधि सहज नभएकाले थप मेहेनत गर्नु पर्ने बताए। उनले राम्रो मोमेन्टमलाई कायम राख्दै मैदान उत्रने बताए। चितवनले आइतबार फाइनल प्रवेशको लागि भएको प्ले अफमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो। त्यसैले पनि कप्तान खड्का आत्माविश्वासी देखिएका छन्।

घरेलु टोली पोखरा समूह चरणमा ६ जितसहित नेट रन रेटमा अघि रहदै सिधै फाइनल पुगेको थियो। पोखरा उपाधि घरमै राख्न मैदानमा उत्रने छ। पोखरालाई घरेलु समर्थकको बलियो साथ हुँदा निरन्तर राम्रो प्रदर्शनले उत्साही छ।  ‘घरेलु टिम भएकाले धेरै जना दर्शकको साथ हाम्रा लागि प्लस प्वाइन्ट हो।  झण्डा सहीत  खेल हेर्न आउछन् । जसले गर्दा हामीमा थप उर्जा पनि बढेको छ। खेल हो, हामीले नतिजाको बारेमा ध्यान दिनु भन्दा आफ्नो काम राम्रोसंग गर्यो भने नतिजा  राम्रो आउछँ। पोखराका कप्तान शरदले भने, टिमको तालमेल मिलेको छ । त्यसको कारण राम्रो नतिजा आएको छ । फाइनलमा पनि राम्रो हुनेछ।’ प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो।

चितवनले इलिमेटर राउन्डमा काठमाडौं रोयल्सलाई हराउँदै फाइनलमा पोखरासँगको भेट पक्का गरेको हो।  खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.