|

काठमाडौं : 'अझै पनि' निर्मात्री पुनम गौतमको निर्माणमा बन्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी फाइनल भएकी छिन्। निर्माण युनिट र साम्राज्ञीबीच एक साता अगाडि मात्र लिखित सम्झौता भएको हो।

नवल नेपालको निर्देशनमा बन्ने यस फिल्ममा नायक पुष्प खड्का र रेविका गुरुङ फाइनल छन्। केही समय अगाडि फिल्ममा नायिका दीपिका प्रसाईंको अभिनय रहने समचार पनि बाहिरिएको थियो। तर, अहिले दीपिकाको रिप्लेसमा नायिका साम्राज्ञी फिल्ममा इन भएकी हुन्।

साम्राज्ञी अहिलेकी मस्ट डिमान्डेड नायिकामा पर्छिन्। उनले अभिनय गरेकी फिल्महरुले बक्सअफिसमा राम्रो व्यापार गरिरहेका छन्। 'इन्टु मिन्टु लण्डनमा'पश्चात् उनले यस फिल्ममा काम गर्न लागेकी हुन्।

म्युजिक भिडियोमा आफ्नो छुट्टै छाप छोड्न सफल भएका पुष्पले फिल्म 'मंगलम'बाट निकै चर्चा कमाएका थिए। त्यस्तै, 'लिलिबिली'मा अभिनय गर्ने खबरले चर्चा आएकी रेविकाले 'लिलिबिली'मा भने काम गरिनन्। रेविकाको यही डेब्यु फिल्म हो।

पुनम इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यस फिल्म माघबाट छायांकनमा जानेछ। लभ स्टोरी फिल्ममा अर्जुन पोखरेल, कृष्ण काफ्ले र दीपक बज्रचार्यको संगीत रहनेछ। फिल्मको नाम भने अहिले तय गरिएको छैन। केही साता पछि भव्य कार्यक्रमका साथ फिल्मको नाम घोषणा गर्ने तयारीमा निर्माण युनिट रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.