काठमाडौं : नक्कली सुनसहित महानगरीय अपराध महाशाखाको टोलिले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका एकका राजेन्द्र तामाङ, सिन्धुपाल्चोक बाह्रबिसेका राजु लामा र काभ्रे रोशीका राजकुमार तामाङ गरेका छन्।
उनीहरुले सुन जस्तो देखिने एक किलो धातुलाई सुन भन्दै सस्तो मूल्यमा बेच्न खोज्दा पक्राउ परेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। महाशाखाको टोलिले उनीहरुलाई विशेष सूचनाको आधारमा भक्तपुरको चागुनाराणबाट सोमबार साँझ पक्राउ गरेको हो।
उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।