|

भद्रपुर (झापा) : तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट भित्र्याइएको ठूलो परिणामको पटका प्रहरीले बरामद गरेको छ। भारतको बिहार र बंगाल राज्यसँग जोडिएका नाकाबाट नेपाल भित्र्याइएको करिब साच लाख ९४ हजार ५४६ रुपैयाँ बराबरको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए।

झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज नाकाबाट प्रहरीले पटका बरामद गरेको हो। प्रहरीले विभिन्न प्रकारका १० देखि पाँच हजार मूल्य बराबरको पटका बरामद गरेको थियो। नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि तस्करीको माध्यमबाट नेपाल भित्र्याएको प्रहरी उपरीक्षक ढकालले बताए।

पटका भित्र्याउने तस्करहरु भागेकाले पक्राउ पर्ने नसकेको उनको भनाइ छ। उनले भने, ‘सीमावर्ती नाकाबाट अझै पनि पटका भित्रिने सक्ने कुरालाई मध्यनगर गरी त्यसतर्फ सुरक्षा सतर्कता बढाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.