मनोरञ्जन

निखिल स्टारर 'भिलेनको' पोस्टर रिलिज
SHARES

कात्तिक २०, २०७५

    काठमाडौं : निखिल उप्रेती स्टारर फिल्म 'भिलेन'को पोस्टर सार्वजनिक भएको छ। पुस २७ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्ममो पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त पोस्टरमा नायक निखिल उप्रेतीको रिशाह अवतार देख्न सकिन्छ।

    देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको फिल्ममा शिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीको पनि मुख्य भूमिका रहेको छ। 'द ग्लोबल पिक्चर्स'को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता कपिल खत्री हुन्। बलबहादुर श्रेष्ठ 'सितल'को लगानी रहेको फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताका रुपमा रहेका छन्। राजकुमार श्रेष्ठ फिल्मका सह-निर्माता हुन्।

    मौनता श्रेष्ठको पटकथा समावेश फिल्ममा वसन्त सापकोटा, बाबु गिरी र लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व, दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ। सौरभ लामा र मदन कस्यप घिमिरेले खिचेको फिल्मलाई मिलन श्रेष्ठ र शाहिल खानले सम्पादन गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]