अर्थ

शेयर बजारमा अनलाइन कारोबार सुरु, नेप्सेको पुनर्संरचनामा मन्त्री खतिवडाको जाेड
SHARES

कात्तिक २०, २०७५

    काठमाडौं : नेपालमा शेयर कारोबार सुरु भएको ४० वर्षपछि अनलाइन कारोबार सुरु भएको छ। गत साउनबाट पूर्णरुपमा अनलाईन कारोबार सुरु गर्ने बताइएकोमा तीन महिनापछि मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबार सुरु गरेका हुन्।

    अनलाइन कारोबार शुरु भएपछि लगानीकर्ताहरुलाई शेयर ब्रोकरकोमा जानै पर्ने बाध्यता हटेको छ भने घरमै बसीबसी शेयर कारोबार गर्न सकिनेछ। अर्थमन्त्री खतिवडाले शेयरको अनलाइन कारोबारबाट बजार विस्तारमा सहयोग पुग्‍ने बताए। ‘अब बजार पहिलेको जस्तो ओपन क्राउडेड छैन, अनलाइन कारोबारको शुरुवात भइसकेको छ,’ खतिवडाले भने  'अर्थ मन्त्रालय सेयर बजार घटाउन वा बढाउन पनि लाग्दैन । हामीले त अर्थ व्यवस्थालाई हेरेर नीतिगत निर्णय गर्ने हो।’

    खतिवडाले संस्थागत लगानीकर्तारहरुलाई लगानी गर्नको लागि आग्रह समेत गरे। ‘शेयर बजार घट्दा लगानीकर्ताहरुमा बिचलन नआओस् भनेर मैले संस्थागत लगानीकर्ताहरुलाई पनि सेयर बजारमा लगानी गर्नुहोस् भनेर भनिरहेको छु’ अर्थमन्त्री खतिवडाले भने। उनले नेप्पेसालाई पुन: संरचनाको आवश्‍यक रहेको समेत औँल्याएका छन्।

    अनलाइन मार्फत सेयर खरिद बिक्री गर्नको लागि लगानीकर्ताले आफू कारोबार गरिरहेको सेयर ब्रोक्रर कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनुपर्नेछ। लगानीकर्ताले ब्रोक्रर कार्यालयबाट युजरनेम र पासवर्ड पाएपछि त्यसलाई नेप्सको सिस्टममा जोडिने बताइएको छ।

    अनलाइन कारोबार शुरू भएपछि यसको सकरात्मक प्रभाव बजारमा देखिएको छ। मंगलबार कारोबार शुरु भएको दुई घण्टामा नेप्से ११ अंकले उकालो लागेको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]