राजनीति

पोखरामा क्रिकेट रंगशाला बनाउन सहयोग गर्नेछु : प्रचण्ड
SHARES

कात्तिक २०, २०७५

    पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिगको समापन समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पोखरामा क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने बताएका छन्।

    ‘नेपाल खेलका कारणले पनि नयाँ राष्ट्रिय पहिचान र दिशामा अघि बढ्दै छ,’ उनले भने, ‘पोखरा सुन्दर नगरीको रुपमा विश्वमा चिनिएको छ। अझ फुटबलको शहर मा क्रिकेटको पनि क्रेजले सबैलाई चिनाएको छ।’

    प्रचण्डले फाइनल खेलमा आफूलाई तटस्थ दर्शक रहेको दाबी गरे। ‘फाइनलमा आइपुगेका चितवन राइनोज र पोखरा पल्टन दुबैलाई बधाई,’ उनले भने, ‘मेरो जन्म थलो पोखरा, कर्मथलो चितवन। त्यही भएर पनि म तटस्थ व्यक्ति अतिथि बन्न आए कस्तो संयोग।’ उनले विश्व मान चित्रमा अगाडि रहेका देश क्रिकेट नभएको भए अहिलेको स्थानमा आउन नसक्ने उनको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]