|

काठमाडौं : नेपालीहरूले दशैं पर्वको विदाई गरिसकेका छन्। दशैं सकिएलगत्तै दिदीभाइ दाजुबहिनीको पर्व तिहार नेपालीहरूको घरदैलोमा भित्रिसकेको छ। तिहार नजिकिएसँगै सबैजना तिहारको तयारीमा छन्। यस वर्ष 'हाइप्रोफाइल'ले कसरी भाइटीक लगाउदैछन् भनेर थाहाखबरले खोजेको छ।

शुक्रबार भाइटीकाको दिन हो। राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्ष काठमाडौंमै भाइटीका लगाउने कार्यक्रम रहेको छ। राष्ट्रपति निवास शीतल निवासमै राष्ट्रपति भण्डारीले भाइटीका लगाउने छन्। आफ्ना कान्छा भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति भण्डारीले भाइटीका लगाउने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।

कान्छी बहिनी शुसिला पाण्डे पनि काठमाडौंमै रहेकाले दुई दिदीबहिनीले भाइ डेगेन्द्रलाईसँगै भाइटीका लगाउने राष्ट्रपति भण्डारीको कार्यक्रम रहेको छ। 'राष्ट्रपति ज्यूले शितल निवासमै भाइटीका लगाउने कार्यक्रम रहेको छ। उहाँले आफ्ना कान्छा भाइ डेगेन्द्रलाई टीका लगाउनुहुन्छ', स्वकीय सहसचिव भट्टराईले भने 'उहाँको कान्छी बहिनी शुसिला पनि काठमाडौंमै हुनुहुन्छ। उहाँहरू दुई दिदीबहिनीले सँगै भाइलाई टीका लगाउने कार्यक्रम छ।'

दुई भाइहरू अमेरिकामा

राष्ट्रपति भण्डारी जेठी दिदी हुन्। उनका तीन भाइ र एक बहिनी छन्। दुई भाइहरू अमेरिकामा बस्दै आएका छन्। अमेरिका बस्ने भएकाले यसवर्ष पनि उनीहरू दिदीको हातबाट टीका लगाउन पाउनेछैनन्।

दुई भाइहरू तेजेन्द्र पाण्डे र टेकेन्द्र पाण्डे भने अमेरिकामा बस्ने भएकाले काठमाडौंमा रहेका कान्छा भाइसँग मात्र टीका लगाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.