|

भक्तपुर : तिहार फूल र फलफूलको पर्व हो। बडादशैँपछिको नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई पाँच दिनसम्म धुमधामले मनाउने गरिन्छ। यमपंचककाे पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र धनकी देवी लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा र पाँचौँ दिन दाजुभाइको दीर्घायु र सुख शान्तिको कामना गर्दै भाइ पूजा गरिन्छ।

नेवार समुदायले भने यस पर्वलाई स्वन्ती नखःको रूपमा मनाउँछन्। तिहारको चौथो दिन नेवार समुदायले म्हपूजाको रूपमा आफ्नै शरीर पूजा गर्छन्। तिहारमा लक्ष्मी पूजा गर्न होस् या म्हपूजा, भाइटीकामा नेवार समुदायमा बिमिरो अनिवार्य चाहिन्छ। त्यसका अलावा भोगटे, स्याउ, सुन्तला, मौसम, चाक्सी, हलुवावेद, नासपाती, अमला, बदाम, सिंगुली, अम्बा, केरा, पान, मसला चाहिन्छ।

नेवार समुदायमा लक्ष्मी पूजा गर्दा चित्रकारले कोरेको लक्ष्मीको चित्रसमेत राख्ने गरिन्छ। भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर परिसरमा पनि तिहारका लागि बजार खुलेको छ। बिहानैदेखि टौमढीमा तिहारका लागि आवश्यक फूल र फलफूललगायतका सामग्री खरिद बिक्री गर्नेको घुइँचो लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.