|

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, भोलि  तिहारको अन्तिम दिन अर्थात् भाइटीका। परम्पराअनुसार भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्ने गरिन्छ।

तिहारको भाइटीकाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाउने कार्यक्रम रहेको छ। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य यसवर्ष त्यति ठीक छैन। त्यसैले यसवर्ष सदाझैँ प्रधानमन्त्री ओलीले तिहारमा रमाइलो गर्न पाउने छैनन् तर भाइटीका भने लगाउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

यसवर्ष प्रधानमन्त्री ओलीले आफ्ना दुई बहिनीहरूसँग काठमाडौंमै भाइटीका लगाउने कार्यक्रम रहेको छ। जेठी बहिनी विष्णुमाया ढकाल चितवनमा बस्दै आएकी छिन् भने माइली बहिनी कमलादेवी कोइराला काँकडभिट्टामा बस्दै आएकी छिन्। प्रधानमन्त्रीलाई भाइटीका लगाउनका निम्ति दुई बहिनीहरू बिहिबार नै काठमाडौं आइसकेका छन्।

बिहान ११:५५ बजेको भाइटीकाको साइतमै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  भाइटीका लगाउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.