|

दाङ : संघीय संसदका सभामुख कृष्णबहादुर महराले नेपालमा पश्चिमा संस्कृति भित्रिन दिन नहुने बताए। दलित कला-संस्कृति तथा सामुदायिक विकास केन्द्र दाङले आयोजना गरेको सोरठी देउँसी-भैलो कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले नेपाल बाह्य संस्कृतिको शिकार बन्दै गएको बताउँदै यसलाई सबैले हटाउँनु पर्ने बताए।

नेपालको परम्परागत संस्कृतिमाथि प्रहार भइरहेको भन्दै सभामुख महराले संस्कृतिको प्रवर्द्धन गर्न सबैले ध्यान दिनुपर्ने बताए। नेपालको नेपालमा विविध भाषाभाषी लोक-संस्कृति पाइने बताउँदै यसलाई संस्कृतिक अध्यन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए। देउँसी-भैलोले नेपालको मौलिक पन जोगाउँन महत्वपूर्ण भ"मिका खेल्ने बताउँदै कला संस्कृतिको संरक्षणमा सम्पूर्ण युवाले ध्यान दिनुपर्ने बताए। त्यस अवसरमा बोल्दै दलित कला-संस्कृति तथा सामुदायिक विकास केन्द्र दाङका अध्यक्ष मोहन परियारले लोप हुन लागेका संस्कृतिक संरक्षणमा आफूहरू लागेको बताए।

केन्द्रले सोरठी,पैसेरी टप्पा, लगायतका लोक नृत्य संरक्षण गर्न आफूहरू लागेको बताए।

कार्यक्रममा संघीय संसदका सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा, संघीय संसदका सदस्य शान्ता चौधरी, प्रदेशसभा सदस्य अमरबहादुर डाँगीकाे पनि उपस्थिति रहेकाे थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.