समाज : सुरक्षा/अपराध

सर्वोच्चको आदेश : शोभराजलाई सजाय छुट नदिनुको कारण देखाऊ
SHARES

फाइल तस्बिर
कात्तिक २०, २०७५

    काठमाडौं : सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चार्ल्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ।

    न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले मंगलबार छुट नहुनुको कारण लिखित रूपमा पेश गर्न सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो। अधिवक्ता शकुन्तला थापाले शोभराजको उमेर ७५ वर्ष पुगिसकेको हुनाले सहुतिलय दिन माग गर्दै सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए।

    नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी, परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वोच्च अदालतकै विगतका नजिरका आधारमा छुट पाउनुपर्ने माग निवेदनमा गरिएको छ। यसअघि सर्वोच्च अदाललते ७५ वर्ष पूरा भएपछि विदेशी नागरिकको हकमा पनि छुट दिन सकिने आदेश जारी गरेको थियो। सोही आदेशअनुसार शोभराजले पनि छुट पाउनुपर्ने माग गरिएको छ। शोभराजले २०६० असोज २ देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा उल्लेख छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]