|

बाँके : नेपालगंजबाट बर्दियाको गुलरिया जाँदै गरेको कारले रोकिराखेको अटोरिक्सालाई ठक्कर दिएर अटो उछिटिँदा चाेट लागेर एक महिलाको मृत्यु भएको छ।

मंगलवार दिउँसो भे १५ च ७१५० नं. कारले सडकनजिक राखेको अटोलाई ठक्कर दिएर अटो उछिटिएर चोट लागि खजुरा गाउँपालिका ३ की ५५ वर्षीया अमृता ओली घाइते भएकी थिइन्। घाइते अाेलीकाे उपचारको क्रममा भेरी अंचल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मखनप्रसाद यादवले जानकारी दिए। 

दुर्घटनामा खजुरा गाउँपालिका ३ की २९ वर्षीया अनिता भण्डारी, ३० वर्षीया अस्रिता ओली र नौ महिनाका प्रणव भण्डारी घाइते भएका छन्। घाइते तीनैजनाको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

अटोलाई ठक्कर दिने कार र चालकलाई इलाका प्रहरी कार्यालय धनौलीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अर्यालको टोली पुगेर घाइतेलाई उपचारका लागि नेपालगंज ल्याउन सहयोग गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.