|

काठमाडौं :  सल्यानमा स्थानीय तह पुनर्संरचनामा सिमांकनको विषयलाई लिएर विवाद बढेको छ।

स्थानीय निकायको संख्यामा सहमति भएपनि सिमांकनको विषयमा विवाद बढेपछि सडकमा प्रदर्शन भएको छ।

आज (शनिबार)सम्म केन्द्रिय आयोगमा संख्या र सिमांकनको विषय टुंग्याएर पठाइसक्नु पर्ने भएपनि सिमांकनको विषयमा कुरा नमिल्दा जिल्ला प्राविधिक सहयोग समितिले निर्णय पठाउन सकेन।

स्थानीय निकायको संख्यामा सहमति 

यस जिल्लामा ३ नगरपालिका र ७ गाउँपालिका सहित १० वटा स्थानीय निकाय बनाउनेमा दलहरुहरु एकमत भएका छन्। दलहरु अन्य स्थानीय निकायको संरचनामा सहमति नजिक पुगेको भएपनि २, ४,र ७ इलाकामा विवाद रहेको जिल्ला प्राविधिक समितिका सदस्य सचिव पूर्ण बहादुर वलीले बताए। बिहिबारदेखि बसेको बैठकले ३ दिनसम्म कुनै निष्कर्ष निकाल्न नसकेको उनले बताए।

शनिबार जिल्ला विकास समितिको हलमा बैठक जारी रहदाँ सिमांकनको पक्ष र विपक्षमा सडकमा नाराजुलुस भयो। दमाचौर, लेखपोखरा, झिम्पेलाई समेटेर गाउँपालिका हुनु पर्ने माग गर्दै सडकमा नारा जुलुस भइरहेको छ। साबिकको ४ नं इलाकालाई नै गाउँपालिका घोषणा गरिनुपर्ने आन्दोलनकारीहरुको माग छ।लक्ष्मीपुर, काभ्रा, कारागिठी, फलावाङ, त्रिवेणी र छायाक्षेत्रलाई गाँउपालिका बनाउनेमा स्थानीय र दलहरुबिच विवाद चुलिएको छ। त्यस्तै बाझँकाडा गाविसलाई बागचौर नगरपालिकामा राख्ने या सिद्धेश्वरी, चाँदे, र कजेरीको एक वडा मिलाएर गाउँपालिका निमार्ण गर्ने भन्‍नेमा विवाद छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.