|

 बागलुङ : निसीखोला गाउँपालिकामा भीरबाट लडेर एक जानको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं. ६ भल्कोटका ३८ वर्षीय गणेश घर्ती मगर रहको प्रहरीले जनाएको छ।
सोमबार साँझ घरदेखि टाढा रहेको गोठमा रहेका गाईवस्तुलाई घाँसपात गरेर घर फर्किंदै गर्दा भीरबाट लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–६ का वडा सदस्य हेमबहादुर बुढा मगरले जानकारी दिए। उनी भीरबाट करिब २० मिटर तल खसेका थिए। उनको शव मंगलबार मात्रै फेला परेको प्रहरीले जनाएको छ।

घर्तीलाई साँझ अबरेसम्म परिवारले पर्खिएको र फोन गर्दा पनि नउठाएपछि परिवारका सदस्यहरु खाना खाएर सुतेको बताइएको छ। बिहान अबेरसम्म पनि नआएपछि उनकी श्रीमती र स्थानीयले खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा भीरको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.