|

हेटौँडा : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीको अवसरमा रेडियो थाहा सञ्चार ९९.६ ले हेटौँडामा कवि सम्मेलन आयोजना गर्दैछ। कवि सम्मेलनमा मकवानपुरका साथै छिमेकी जिल्लासहितका तीन दर्जन कवि, साहित्यकारहरुको सहभागिता रहने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताए।

कार्यक्रमको रेडियो थाहा सञ्चार ९९.६ र रेडियो थाहा संचार ९९.४ काठमण्डौंले प्रत्यक्ष प्रशारण गर्ने छ। सोही कार्यक्रममा साहित्य संगम मकवानपुर र युग प्रकाश क्लबको देवकोटा स्मृति सम्मान २०७५ र समर्पण समारोह पनि हुने साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी दिए।

रेडियो थाहा संचार हेटौँडाले हरेक वर्ष लक्ष्मी जयन्तीका अवसरमा महाकवि देवकोटाको सम्मानमा कवि सममेलन आयोजना गर्दै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.