|

काठमाडौं : कार्तिक शुक्ल औँसीको साँझमा धनकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ। विधिपूर्वक लक्ष्मीको पूजा गर्नाले श्रीसम्पत्ति र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ। लक्ष्मीको पूजा गर्ने विभिन्न विधि छन्। तीमध्ये सामान्य विधि यहाँ प्रस्तुत छ–

–शुद्ध वस्त्र लगाएर पूर्वतर्फ फर्किएर शुद्ध आसनमा बस्नुहोस्।

–अगाडि देब्रेतिर कलश, माझमा गणेश र दायाँतर्फ दियो स्थापना गर्नुहोस्।

–तीनवटाको अगाडि आफूपट्टी बीचमा पर्ने गरी अर्को कलश थाप्नुहोस्।

–चन्दन, जौ,तिल, अक्षता, फूल, धुप, दीप, फल र पक्वान्न नैवेद्य आदि तयार पार्नुहोस्।

–अगाडि दायाँपट्टि दुबो, फल र दही राखी अर्घ्य थाप्नुहोस्। शुद्ध जल, पञ्चामृत आदि पनि अगाडि राख्नुहोस्।

–सबै सामग्री तयार पारेर कर्मपात्र पूजा गर्नुहोस्। कर्मपात्रबाट कुशको औँठी लगाएर संकल्प गर्नुहोस्। अर्घ्य पूजा गर्नुहोस्।

–मुख्य दीप प्रज्ज्वलन गर्नुहोस्। पूजा गरी अन्य दीप वा बत्तीहरू बाल्नुहोस्। 

–आसन(कुश वा फूलको), जल अर्घ्य, पञ्चामृत चन्दन, अक्षता फूल आदि चढाएर क्रमशः कलश र बिघ्नहर्ता गणेशको पूजा गर्नुहोस्।

–माझमा थापिएको कलश पूजा गरी थाली थाप्नुहोस्। चन्दनले अष्टदल लेखी बिचमा सुनको प्रतिमा थाप्नुहोस् वा लक्ष्मीको तस्विर राखेर देवीको आवाहन गर्नुहोस्।  

–आसन, अर्घ्य, चन्दन सौभाग्य अादि चढाएर देवी लक्ष्मीको पूजा गर्नुहोस्। धूप दीप नैवेद्य चढाउनुहोस्। फल, पान भेटी चढाएर लक्ष्मीको पूजा गर्नुहोस्। (षोडषोपचार विधिले लक्ष्मीको पूजा गर्ने विधान छ।)

–नजिकै लक्ष्मीका भाइ कुवेरको पूजा पनि षोडषोपचार विधिले गर्नुहोस्। नीराजन गरी, कपुरबत्ती बाली लक्ष्मीको आरती गर्नुहोस्।

–याे मन्त्र पढेर पुष्पाञ्जली गर्नुहोस्–

विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे

महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।।

विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।।
Read more at: http://thahakhabar.com/news/53998
विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।।
Read more at: http://thahakhabar.com/news/53998
विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।
Read more at: http://thahakhabar.com/news/53998

–बिमिरो र ओखर, कटुस र रुपैयाँ पैसा गहना आदिको पनि पूजा गर्नुहोस्। 

– रुपैयाँ, पैसा र गरगहना राख्ने ढुकुटी (सेफ)को पनि पूजा गर्नुहोस्।

उत्सवका अनेक नाम तिहारका तीन दिनमध्ये प्रमुख औँसीलाई मानिएको छ। कार्तिक कृष्ण औँसीको रात्रिलाई सुखरात्रि भनिन्छ। विश्वरूपस्य भार्यासि पद्मे पद्मालये शुभे महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे।। कौमुदी–महोत्सव वा कौमोदिनी–महोत्सव, दीपमालिका, दीपावली वा दीपोत्सव पनि यसका नाम हुन्। साँझ, निशा वा रात्रिमा विधिपूर्वक लक्ष्मी र उनका भाइ कुवेरको पूजा गर्ने विधान छ। यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य र समृद्धि प्राप्त हुने पुराणहरूमा उल्लेख छ। लक्ष्मीको आराधना, उपासना गर्ने परम्परा भने अनादि का
Read more at: http://thahakhabar.com/news/53998

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.