|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ। मंगलबार राति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ गाईलाई मारेको छ। वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाईमाथि बाघले आक्रमण गरी मारेको वडाध्यक्ष बहादुरसिंह महराले बताए। 

बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ। वडाध्यक्ष्ँ महराले भने, ‘राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पुर्‍याउन थालेको छ।’  बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुस्किल हुन थालेको उनले बताए। डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ।

दुई साताअघि पनि ११ गाई एकैरात बाघले मारेको थियो। नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ। सामुदायिक वनका तीन ठाउँमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.