|

काठमाडौं: यमपञ्चकको तेस्रो दिन बुधबार साँझ देशभर धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वासअनुसार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ। 

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले पोतेर चामलको पीठो एवम् अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। लक्ष्मीपूजाको बिहान लक्ष्मी माताको रुपमा गाईको पनि पूजा गर्ने प्रचलन रहेको छ। बिहान गाईको पूजा गरी गाईलाई खानेकुरा खुवाउने गरिन्छ। गाईमुनिबाट छिर्ने र जनै पूर्णिामा लगाएको धागो गाईको पुच्छर बाध्ने चलन पनि रहेको छ।

गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन्। यस वर्ष लक्ष्मीपूजाको शुभ साइत र पूजा गर्ने विधिबारे नेपाल पञ्चाङ निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. सांस्कतिविद् माधव भट्टराईको भनाइ :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.