|

काठमाडौं : आज तिहारको तेस्रो दिन, गाई तिहार तथा लक्ष्मी पूजा। राति लक्ष्मी पूजा र दीपावली गरेर मनाइन्छ भने बिहान लक्ष्मीको प्रतीकको रूपमा मानिने गाईको पूजा गरेर मनाइन्छ। आजको दिनमा गाईको पूजा गरेर मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताइन्छ।

गाई पूजाका दिन आइतबार घरमा गाई हुनेले गाईको पूजा गर्ने गर्छन् भने गाई नहुनेहरूले नजिक गाई भएको स्थानमा गई गाईको पूजा गर्ने गर्छन्। यसैगरी सडकमा खुलेआम छाडिएका गाई तथा गोरूको नियन्त्रणका लागि राखिने पशुपतिमा पनि गाई पूजाका लागि थुप्रै भक्तजनहरू आउने गर्छन्। 

गाईपूजाका केही तस्विर झलक :
 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.