काठमाडौं : नेपालीहरूको दोस्रो महान चाड तिहारलाई दीप र फूल अनि मिठाईको चाडका रूपमा लिने गरिएको छ। तिहारमा नेपाली बजार पनि स्वाभाविक रूपमै विभिन्न प्रकारका बत्ती, फूल र फूलका माला अनि थरीथरीका मिठाईले भरिएका हुन्छन्।
तिहारका लागि विशेष आवश्यक पर्ने फूल यस समयमा नेपाली उत्पादनले मात्र नपुगेर भारतबाट पनि आयात गर्ने गरिएको छ। करोडौं मूल्य बराबरका फूल र फूलका माला भारतबाट यस समयमा आयात गर्ने गरिएको बताइन्छ।
अहिले नेपाली बजार स्वदेशमा उत्पादित तथा भारतबाट आयात गरिएका विभिन्न थरीका फूल र मालाले भरिएको छ।
हेरौँ फोटो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।