योगीको भ्रमणप्रति शंसय

|

जनकपुरधाम : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर नआउने भएसँगै भारतका गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन्।

जनकपुरमा मनाइने रामजानकी महोत्सवमा सहभागी हुन सिंह र योगी नेपाल आउन लागकेका हुन्। रामजानकी महोत्सव भारतमा पनि भव्यताका साथ मनाइन्छ। सोही कार्यक्रममा सहभागी हुन विवाह पञ्चमीमा सहभागी हुन सिंह र योगी कात्तिक २६ गते नेपाल आउन लागेको बताइएको छ।

भारतको आन्तरिक राजनीतिमा देखिएको संवेदनशिलता र नोभेम्बरमा हुन लागेको पाँच राज्यको चुनावका कारण प्रधानमन्त्री मोदीको नेपाल भ्रमण स्थगित भएको हो। मोदी पाँचौ पटक नेपाल आउन लागेका थिए। तर उक्त कार्यक्रम नजिकिँदो निर्वाचनसँगै विवादहरू पनि देखिन थालेकाले आउन नसकेका हुन्। उनको सट्टामा भारतबाट सिंह र योगी नेपाल आउन लागेका हुन्।

मोदी चुनाव प्रचारमा व्यस्त भएकाले नेपाल भ्रमण रद्द गरिएको बताइएको छ। नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक निम्तोको जवाफ भने भारतको विदेश मन्त्रालयले दिएको छैन। मोदी भ्रमण रद्द हुनुमा उनी नेपालप्रति असन्तुष्ट रहेको रूपमा पनि बुझिएको छ। बिम्स्टेक सदस्य राष्ट्रको भारतमा हुन लागेको सैनिक अभ्यासमा अन्तिम समयमा नेपालले सेना नपठाएपछि मोदी असन्तुष्ट रहेको बुझिएको छ।

नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने र भारतमा पनि हिन्दुहरूको पक्षमा वकालत गर्दै आएका भाजपा नेता योगीको भ्रमणलाई लिएर भने जनकपुरमा असन्तुष्टि देखिएको छ। जनकपुरका कांग्रेसका एक नेताले भने, ‘अहिलेको अवस्थामा हुने भनिएको योगीको भ्रमणले दुई देशबीचको कुटनीतिक सम्बन्धमा असर पार्नेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.