|

अमेरिकी मतदाताहरूले दुई जना मुस्लिम महिलालाई संसद्मा निर्वाचित गरेका छन्। निर्वाचित दुवै महिला डेमोक्र्याट हुन्।

निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रूपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन्। उनी मिन्नेसोटा प्रदेशमा विजयी भएकी हुन्।

त्यसैगरी सामाजिक कार्यकर्ताका रूपमा क्रियासिल रशिदा तलैबी पनि संसमा निर्वाचित भएकी छन्।

प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको हो। संसद्मा उनीहरूसँगै अर्का एक जना मुस्लिम पुरुष निर्वाचित भएका छन्। यसैगरी मुस्लिम समुदायबाट तीन जना निर्वाचित भएका छन्।

संसद्मा निर्वाचित अर्का मुस्लिम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन छन्। उनी इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन्। उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्छन्।

अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनीहरूको जितलाई अर्थपूर्णरूपमा हेरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.