|

काठमाडौं : भारतीय गायिका आशा भोसलेले गाएको तिहारको गीत ‘दियो बाली साँझको...’ नेपाली जनमानसमा प्रिय छ। २८ वर्षअघि गाइएको उक्त गीतलाई हालै मात्र नेपाली गायिका जमुना शर्माले रिमेक गरेकी छन्।

२०४७ सालमा रिलिज भएको नेपाली चलचित्र ‘चिनो’मा समावेश उक्त गीतको शब्द तुलसी घिमिरेले रचना गरेका हुन् भने ‘ओरिजिनल’ संगीत रंजित गजमेरको छ। हाल रिमेक गरिएको यस गीतलाई भने गायिका शर्माका श्रीमान प्रमोद तिमिल्सिनाले संगीत दिएका छन्। लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएकी गायिका शर्माले संगीतकार रंजित गजमेरको अनुमतिमा यो गीतलाई रिमेक गरेकी हुन्।

भारतीय गायक कैलाश खेरको मुम्बईमा रहेको कैलाश स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको गायिका शर्माले जानकारी दिइन्। गीतको भिडियो छायांकन मुम्बई र नेपालमा गरिएको थियो। भिडियोमा दीपावली गरिएको दृश्यमा पनौतीको उग्रचण्डी बोर्डिङ स्कुलका छात्राहरूको अभिनय छ। गायिका शर्माले दीपावलीलाई लक्षित गरी गीत सार्वजनिक गरिएको बताइन्। बाराको पथलैयाका स्थायी बासिन्दा जमुना र उनका श्रीमान प्रमोद विगत एक दशकदेखि मुम्बईको सांगीतिक क्षेत्रमा व्यस्त रहँदै आएका छन्।

सुन्नुहोस् गीत :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.