|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) तीनवटै दलबीच एकता र सहकार्य गर्ने नीतिअनुरूप कमल थापा र   प्रकाशचन्द्र लोहनीबीच भेटवार्ता भएको छ। एकता प्रक्रियाका विषयमा राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीबीच बुधबार काठमाडौंमा महत्त्वपूर्ण भेटघाट र वार्ता भएको हो।

तीनवटै राप्रपा एक हुने वियषमा समान विचारधारा भएका दलहरूबीच दुई अध्यक्षको वार्ता सकारात्मक रहेको बताइएको छ। पार्टी एकताको लागि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा(प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराबीच पनि मंगलबार वार्ता भएको थियो।

एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन दुवै दलसँग वार्ता जारी रहनेछ राप्रपाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.