विश्व

खस्कियो ट्रम्पको लोकप्रियता, अमेरिकाको तल्लो सदनमा विपक्षी पार्टीको बहुमत
SHARES

कात्तिक २१, २०७५

    अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लीकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ।

    मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलको बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ। राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थित हुन लागेको हो।

    ट्रम्प शासनको जनमत संग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्किएको देखाएको छ। डेमोक्रयाटले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ।

    विभिन्न सञ्चार मध्यमले प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३ स्थानमा डेमोक्र्याटिक पार्टीले जीत हासिल गर्ने प्रक्षेपण गरिएको जनाएका छन्। प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]