|

अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीलाई झट्का लागेको छ। हाउस अफ रिप्रेजेन्टेटिभ्समा विपक्षी दल डेमोक्रेटिकको जितले ट्रम्पलाई झट्का लागेको हो।

८ वर्षपछि हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्रेटिक पार्टीको बहुमतमा आएको हो। यसअघि सहज रूपमा आफ्ना एजेन्डा पास गराइरहेका ट्रम्पलाई गाह्रो पर्ने भएको छ। उनका एजेन्डा विपक्षीको सहमती बिना पास हुन नसक्ने अवस्था आएको हो।

ट्रम्पको पार्टी रिपब्लिकन सिनेटमा भने बहुमत कायम राख्न सफल रह्यो।

मंगलबार भएको मध्यावधि निर्वाचनलाई ट्रम्पको दुई वर्षको कार्यकालको परीक्षणका रूपमा हेरिएको थियो। जसमा ट्रम्पलाई झट्का लागेको हो। भलै यो निर्वाचनले सरकारको गठनमा कुनै भूमिका खेल्ने छैन।

डेमोक्रेट पार्टीलाई ४३५ सिटको हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमत हासिल गर्न २३ सिट पुगेको छैन। मतगणना जारी रहेको छ र उक्त संख्या डेमोक्रेट पार्टीको पक्षमा जाने प्रक्षेपण गरिएको छ। यो जितसँगै डेमोक्रेट पार्टी ट्रम्प प्रशासनले गरेका नीतिगत निर्णय र फैसलाहरूको जाँच गर्न सक्नेछ, जसले ट्रम्पलाई गाह्रो पार्नेछ।

यो निर्वाचनले अमेरिकामा डोनाल्ड ट्रम्पको लोकप्रियता खस्किएको रूपमा लिइएको छ। उनको अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकालाई कमजोर बनाएको भन्दै ट्रम्पको आलोचना भएको थियो। अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि निर्वाचन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.